नेपाली कांग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएसँगै पाँच उम्मेदवारको प्रतिस्पर्धा टुंगो लागेको छ। अब सभापतिबोकका पदको प्रतिस्र्धामा रहेका ४८६ उम्मेदवारको परीक्षा सुरु हुँदै छ।
सभापतिसमेत १३४ पदका लागि ४९१ जनाले उम्मेदवारी दिएका थिए, तर सभापतिका पाँच उम्मेदवारको हार जितको परिणाम आइसकेकाले अब उपसभापतिदेखि केन्द्रीय सदस्यसम्म ४८६ जनाको छिनोफानो हुन बाँकी छ।
यस्तै सदस्यतर्फ खुलामा ३५ जना, महिला ९ जना, हरेक प्रदेशबाट एक महिलासहित ३ जना, दलित ४ महिलासहित ९ जना, आदिवासी जनजाति ७ महिलासहित १५ जना, खस आर्य ६ महिलासहित १३ जना, मधेसी ४ महिलासहित ९ जना, थारु २ महिलासहित ४ जना, मुस्लिम १ महिलासहित ३ जना, पिछडिएको क्षेत्र १, अल्पसंख्यक १, अपांगता भएका १ जना चुनिने छन्।
दुई उपसभापतिका लागि ७, ८ महामन्त्रीका लागि ६ जनाको उमेदवारी परेको छ।
केन्द्रीय सलस्यतर्फ भने प्रदेश २ बाट केन्द्रीय सदस्यका २ कोटामा भने २ जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध हुनेछन्।
एक जना कोषाध्यक्षसहित ३३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने व्यवस्था छ।