१२ वर्ष पछि खोला फर्किन्छ भने झैं गायक बिक्रमजंग शाह (टिलपिल टिलपिल तारा) भन्दै आए

काठमाडौं / बहुप्रतिभाशाली कलाकारको रुपमा आफूलाई कलाक्षेत्रमा परिचित गराउन सफल कलाकार, गायक बिक्रमजंग शाह बाह्र वर्षपछि टिलपिल टिलपिल तारा लिएर आएका छन् ।

चलचित्र निर्माता समेत रहेका शाह गायनमा बाह्र वर्षपछि कमब्याक भएका हुन् । उनको पछिल्लो प्रस्तुति टिलपिल टिलपिल तारामा शाहलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । टिलपिल टिलपिल तारा मा अहिलेका जल्दाबल्दा मोडल तथा नायिका सुपुष्पा भट्टको आकर्षक अभिनय रहेको छ ।

भिडियो हालै सार्वजनिक भएको हो । गितमा सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको छ । यस गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनले समेत ज्वलन्त अभिनय गरेका छन् ।

भिडियोको संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् भने रोहन असिबको कोरियोग्राफी, शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ । युवा किशोर किशोरीको माया प्रेमलाई सहज ढंगले गितमा उतारेका शाहको गीत मर्मस्पर्शी रहेको छ । हेरौं भिडियोमा लिंक :https://youtu.be/i1kg-yDN34M?t=297

 

LEAVE A REPLY